केही दिनभित्र ५० रूपैयाँभन्दा कमको पनि रिचार्ज गर्न मिल्छः नेपाल टेलिकम



काठमाडौँ, फागुन १६ । नेपाल टेलिकमले ५० रूपैयाँभन्दा कमको पनि रिचार्ज गर्न मिल्ने स्पष्ट पारेको छ।

इसेवा र केही बैंकहरूहरूबाट ५० रूपैयाँभन्दा कम रकम टप अप ९रिचार्ज० गर्न नमिलेपछि रिचार्जको सीमा घटाइएको हो कि भनेर सर्वसाधारणमा अन्योल देखिएको थियो।

केही समयअघि रिचार्ज गर्न मिल्ने सीमा बढाउने कि भन्ने छलफल भएको पनि थियो, अहिले केही भुक्तानी सेवा प्रदायक (इवालेट) र बैंकहरूले यस्तो सीमा बढाएको जस्तो देखिन्छ, नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले भने, केही समयपछि यो सीमा घट्नेछ।

कुनै/कुनै भुक्तानी सेवा प्रदायक (इवालेट) बाट अहिले पनि १० रूपैयाँसम्म रिचार्ज गर्न मिलिरहेको छ।

प्रकाशित मिति: २०८१ फाल्गुन १६, शुक्रबार २२:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको