अध्यादेश संसदमा टेबुल हुँदै कांग्रेसले लगाइयो ह्वीप



काठमाडौं, फागुन २० । भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा सरकारले पछिल्लो समय ल्याएको ५ वटा अध्यादेश टेबुल हुने भएको छ । यो सँगै सत्तारुढ दल नेपाली कांग्रेसले आफ्ना सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ । भोलि दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्ने कार्यसूची रहेको छ ।

आफ्ना सांसदहरुलाई सन्देश पठाउँदै कांग्रेसले बैठकमा अनिवार्य उपस्थित भई अन्तिमसम्म रहन भनेको छ । भूमिसम्बन्धी अध्यादेशबाट भने सरकार पछाडि हटेको छ ।

भूमिसम्बन्धी अध्यादेशमा सरकारलाई समर्थन गरेका दलहरुले समेत विरोध गरेका छन् । राष्ट्रिय सभामा बहुमत पुर्याउन कठिन भएपछि सरकारले अहिलेलाई भूमिसम्बन्धी अध्यादेश थाँती राखेको हो ।

प्रकाशित मिति: २०८१ फाल्गुन २०, मंगलवार १६:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको