कञ्चनपुर, फागुन २४ । कञ्चनपुरकाे बेलौरी नगरपालिका–३ का वडाध्यक्ष सीताराम रिजालको गएराति निधन भएको छ । फोक्सोसम्बन्धी समस्याबाट पीडित ७२ वर्षीय रिजालको आफ्नै निवासमा गएराति निधन भएको हो ।
आज दिउँसो बेलौरीको भकुण्डामा रहेकाे आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने रिजालकाे परिवारले जानकारी दिएकाे छ । यसअघि उहाँकाे पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि वडा कार्यालय परिसरमा राखिएकाे थियाे ।
विसं २०७९ को पालिका चुनावमा रिजाल वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । उहाँकी श्रीमती डिलकुमारी रिजालको विसं २०७९ मा निधन भएको थियो ।






