मेयर कपको उपाधी राजविराजलाई



मनोज माझी
राजविराज फागुन २४ । कंचनरुप नगरपालिका द्वारा संचालित पालिका स्तरीय मेयरकप क्रिकेट प्रतियोगिताको उपाधी राजबिराज नगरपालिकाले हात पारेको छ ।

प्रतियोगिताको दोश्रो संस्करण अन्तर्गत शनिवार सम्पन्न फाइनल खेलमा सुरूगां नगरपालिकालाई ३७ रनले पराजित गर्दै राजविराज नगरपालिकाले उपाधी हात पारेको हो ।

उपाधी सँगै राजबिराज नगरपालिकाले १ लाख १ हजार र उपबिजेता सुरूगां नगरपालिकाले ५५ हजार नगद प्राप्त गरेको छ ।
राजबिराज नगरपालिकाले दिएको १ सय ४४ रनको लक्ष्य पछयाउने क्रममा सुरूगां नगरपालिका १८ दश्मलव १ ओभरमासबै विकेट गुमाएर १ सय ७ रन मै समेटिएको थियो ।

व्यटिङ्ग तर्फ सुरुङ्गा नगरपालिकाका शंभु मण्डल र जेनिष पासवानले समान २१÷२१ रनको योगदान दिए । ओमप्रकाश चौधरी २० र कर्ण बहादुर बिकले १५ रन बनाएपनि टिमको लागी जित प्रयाप्त भएन ।

बलिंग तर्फ राजबिराजका अभिषेक कार्की ४, नितेश यादब ३ र सोहिल आलम, मोहम्मद सकिम, विकास दासले १÷१ बिकेट हात पारेका थिए ।

फाईनल खेलमा टस जितेर व्याटिंग रोजेको राजविराजले निर्धारित २० ओभरमा १९ दश्मलव १ ओभर खेल्दै सबै बिकेट गुमाई १ सय ४४ रनको योगफल खडा गरेका थिए ।

जसमा बिकास दासले सर्वाधिक ४१ रन बनाएका थिए । त्यस्तै नितेश यादब १९, सदाम आलम १८ र बिजय यादवले १६ रनको योगदान गरेका थिए ।

बलिंग तर्फ सुरूगांका शंभु मण्डल र बिकेश चौधरी ३÷३ र ओम प्रकाश चौधरीले २ तथा कर्ण बहादुर बिकले १ बिकेट लिएका थिए ।
फाईनल खेलको प्लेयर अफ द म्याच अभिषेक कार्की घोषित भए । उक्त खेलमा प्लेयर अफ दि सिरिज राजबिराजका बिकास दास, बेस्ट बलर सुरूगां नगरपालिकाका बिकेश चौधरी, बेस्ट ब्याटर हनुमाननगर कंकालनी नगरपालिकाका गोमान्नद अमात तथा अनुसासित टिम तिलाठीकोईलाडी गाउँपालिका घोषित भए ।

प्रतियोगिता समाप्तिपछि आयोजित पुस्कार वितरण समारोहमा बिजेता तथा उपबिजेतालाई कंचनरूप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ता, सुरूगां नगरपालिका प्रमुख गिता चौैधरी, कंचनरूप नगरपालिका उपप्रमुख मुन्ना कुमारी पोखरेल, सुरूगां नगरपालिकाका वडा ९ का वडा अध्यक्ष सन्त यादव, ईन्जिनियर ईन्द्र नारायण चौधरी लगायतले शिल्ड, कप, मेडेल, प्रमाणपत्र प्रदान गरेका थिए।
कंचनरूप नगरपालिकाको आयोजना तथा सप्तरी क्रिकेट सँघको समन्वयमा आयोजित प्रतियोगितामा जिल्लाको ९ वटा पालिकाले सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०८१ फाल्गुन २४, शनिबार १९:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको