माधवनारायणका मेयर बैजनाथ यादवले गरे दुईवटा योजनाको शिलान्यास



रौतहट, फागुन २९ । जनप्रतिनिधि होली मनाउन व्यस्त रहँदा रौतहटको माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादव विकास निर्माणको काममा सरिक भइरहेका छन्। नगर प्रमुख यादवले हिजो बुधवार साँझ माधवनारायण नगरपालिका–७ मा दुईवटा योजनाको शिलान्यास गरेका हुन् ।

नेपाली कांग्रेसबाट निर्वाचित माधवनारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवले वडा नं. ७ मा वडा कार्यालय भवनको शिलान्यास गरेका हुन् । त्यस्तै माधवनारायणका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवले सोही वडामा एउटा विद्यालय भवनको शिलान्यास गरेका छन्।

अन्य काममा समय र पैसा खर्चिनुभन्दा विकास निर्माणको काममा खर्चिनु उपलब्धि मुलक हुने भएको हुँदा आफू सरकारको पैसा सदुपयोग हुनेगरी विकास निर्माणमा खर्च गर्ने गरेको मेयर यादवले बताए। अन्य जनप्रतिनिधि होली मनाउने व्यस्त रहेपनि आफू जनताको हित र आवयक्तालाई सम्बोधन हुनेगरी जनताको चाहना अनुसार विकास निर्माणको कामलाई प्राथमिकतामा राखेर अगाडि बढेको मेयर बैजनाथ प्रसाद यादवले बताए।

जनता आफूलाई जुनसुकै समयमा पनि काम गर्न जितायकोले कुनै पर्व तिहार होस पहिला आफू जनताको काम गर्ने र त्यसपछि मात्र चाडबाडमा सहभागी हुने उनले बताए। अरु जनप्रतिनिधि जस्तो आफू जनताको काम छोडेर नाच गान या अन्य काममा समय फाल्न नसक्ने उनले बताए।

प्रकाशित मिति: २०८१ फाल्गुन २९, बिहीबार ०८:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको