जनकपुरधाम, चैत ५ । नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत जनक हजारी विद्यापीठ (क्याम्पस)को आज सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सर्वसम्मत भएको छ ।
जनकपुरधाम स्थित विद्यापीठमा सम्पन्न मनोनयन दर्तामा ७ सदस्यीय स्ववियु समितिमा विभिन्न पदमा मात्र ७ जनाले उम्मेदवारी दिएपछि सर्वसम्मत भएको छ । विद्यार्थी संघ संगठनहरु बसेर छलफल गरी सभापतिमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का दिपेश बख्रेली चयन भएका छन् भने सचिवमा लोकतान्त्रिक विद्यार्थी संघका कृष्णकुमार झा र कोषाध्यक्षमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का सुशिल भट्टराईलाई चयन गरिएको छ ।
त्यस्तै सदस्यहरुमा अनेरास्ववियुका सुनिल राउत कुर्मी, कमल प्याकुरेल र समाजवादी विद्यार्थी युनियन नेपालका गोविन्दकुमार मिश्रलाई चयन गरिएको छ ।



