गोलवजारमा नि: शुल्क योग शिविर सम्पन्न



सिरहा, चैत ९। सिरहाको गोलवजारमा नि शुल्क योग शिविर सम्पन्न भएको छ । दैनिक जीवन यापनमा व्यस्तताको कारण हुने आफ्नो शरिरको हेरचाहको लागि समय निकाल्न नसक्नेहरुको लागि योग र ध्यान अत्यन्तै लाभदायी हुने विश्वासका साथ पतञ्जली योग समिति गोलबजार ४ को बिषेश सहयोगमा योग शिविर सम्पन्न भएको गोलवजार नगरपालिका वडा नं।४ का वडा अध्यक्ष सकलदेव यादवले बताए ।

उक्त समापन कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेश सरकारका स्वास्थ्य मन्त्री शत्रुधन प्रसाद सिंहले योगको अन्तिम दिन दिपवती बाली योग अभ्यास आरम्भ गरेका थिए ।

गोलवजार नगरपालकिा वडा नं।४ का वडा अध्यक्ष सकलदेव यादवको संयोजनमा भएको योग शिविर मानव जीवनमा योग र ध्यान महत्वपूर्ण रहेको भन्दै आफुले योग शिविरका लागि वर्षेनी वजेट विनियोजन गरेको बताए ।

उनले दैनिक जीवनको व्यस्ततालाई एकैछिन मात्र योग र ध्यानमा परिणत गर्न सके दिन सफल हुनुको साथै निरोगी बन्न निक्कै मद्दत पुराउने कुरामा जोड दिए । योग र ध्यानले गर्दा विभिन्न खालका नसर्ने रोगहरुबाट समेत मुक्ति पाउन सकिने भएकोले दैनिक व्यस्तताबाट योग र ध्यानका लागि समय निकाल्नै पर्ने योगकर्ताहरुको कथन छ ।

प्रकाशित मिति: २०८१ चैत्र ९, शनिबार १२:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको