राजविराज कारागारमा एक कैदीको मृत्यू



राजविराज, चैत १२ । कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगको आरोपमा पुर्पक्षका लागि राजविराज कारागारमा विगत ५ महिना देखि बन्दी जिवन विताई रहेका एक कैदीको मृत्यू भएको छ । राजविराज नगरपालिका वडा नम्बर १ चनौरा पडरिया निवासी ५३ बर्षीय तजमुल मियाँको मंगलबार उपचारको क्रममा मृत्यू भएको हो ।

कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दामा उनी सप्तरी जिल्ला अदालतमा आफै उपस्थित भएपछि २०८१ कार्तिक ११ गते पुर्पक्षका लागि कारागार चलान भएका थिए । सोमबार राति १० बजेतिर अचानक विरामी परेका उनलाई स्थानिय गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गराईएको थियो । तर, स्वास्थ्य अवस्थामा सुधार नदेखिएपछि रेफर गरिएका उनको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार बिहान ८ बजेतिर उपचारकै क्रममा उनको मृत्यू भएको जेलर प्रवीण कुमार अधिकारीले जानकारी दिए ।

जेलर अधिकारीका अनुसार उनी मधुमेह र उच्च रक्तचापका विरामी थिए । “राति अचानक विरामी परेपछि हामीले उपचारका लागि स्थानिय गजेन्द्रनारायण सिंह अस्पताल पु¥यायौं, त्यसपछि उनका परिवारजनलाई पनि जानकारी दियौं जेलर अधिकारीले भने, त्यहाँ उपचार सम्भव नभएपछि चिकित्सककै सल्लाहमा धरान पठाएका थियौं ।”

मृतको शवको मंगलबार नै पोष्टमार्टम गरि आफन्तलाई जिम्मा लगाईएको प्रहरीले जनाएको छ । चार महिना अघि किर्ते जालसाज मुद्दामा पुर्पक्षका लागि सोही कारागारमा बन्दी जिवन विताईरहेका सप्तरीको शम्भुनाथ नगरपालिकाका ५९ बर्षीय रामप्रकाश शरण चौधरीको पनि विरामी परी विराटनगर स्थित नोवेल अस्पतालमा उपचारकै क्रममा मृत्यू भएको थियो ।

प्रकाशित मिति: २०८१ चैत्र १२, मंगलवार १८:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको