नवनियुक्त क्याम्पस प्रमुखद्वारा पदभार ग्रहण



राजविराज, चैत १९ । महेन्द्र विन्देश्वरी बहुमुखी क्यामपस राजविराजका नव नियुक्त क्याम्पस प्रमुख डा.सुशीलचन्द्र कर्णले पदभार ग्रहण गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयले २०८१ चैत १३ गते क्याम्पस प्रमुख पदमा नियुक्ति गर्ने निर्णय गरेपछि मंगलबार एक कार्यक्रमबीच उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपश्चात् क्याम्पस प्रमुख कर्णले क्याम्पस व्यवस्थापनमा चुनौती धेरै रहेपनि त्यसलाई चिर्दै आफूले उचित व्यवस्थापनको प्रयास गर्ने प्रतिबद्धता जनाए । उनले क्याम्पसको शैक्षिक अवस्थामा सुघार ल्याउनुका साथै आफ्नो कार्यकालमा सबैले गर्व गर्ने लायकको काम गरेर देखाउने समेत जनाए ।

क्याम्पसलाई शैक्षिक गतिविधीबाट सुसज्जित बनाउन उपलब्ध जनशक्तिका साथै सबै दलहरुको साथ र सहयोग लिएर अघि बढ्ने उनको भनाई छ । क्याम्पसमा संचालनमा रहेको संकायहरुमा प्राध्यापकको अभावलाई पुर्ति गर्न त्रिभुवन विश्वविद्यालय संग सहकार्य गरेर क्रमिम रुपमा शैक्षिक गुणस्तरमा सुधार ल्याउनुका साथै सबै संकायको कक्षा नियमित संचालन हुने गरि करारमा भएपनि शिक्षक प्राध्यापक ल्याएर काम अगाडी बढाईने उनले बताए ।

मविव क्याम्पस राजविराजले आयोजना गरेको पदभार ग्रहण तथा स्वागत कार्यक्रममा विशिष्ट अतिथि पुर्व क्याम्पस प्रमुख अमरकान्त झा, लुम्विनी विश्वविद्यालयका पुर्व रजिष्ट्रार डा. पिताम्बरलाल यादव, अवकाश प्राप्त प्रध्यापक अवधकिशोर सिंह, प्रध्यापक संघका सभापति पुष्पेन्द्र झा, स्ववियु अध्यक्ष रंजित कुमार यादवसहित क्याम्पसका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुले नवनियुक्त क्याम्पस प्रमुख डा. कर्णलाई अविर र फुलमाला लगाएर स्वागत गरेका थिए ।

प्रकाशित मिति: २०८१ चैत्र १९, मंगलवार १९:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको