जनप्रतिनिधि र कर्मचारीहरुलाई क्षमता अभवृद्धि सम्बन्धी दुईदिने अभिमुखिकरण



रौतहट, बैशाख ३ । रौतहटको गढीमाई नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई क्षमता अभवृद्धि सम्बन्धी दुईदिने अभिमुखिकरण तालिम दिइएको छ।

स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूको कार्यसम्पादन प्रभावकारी बनाउन तथा सेवाग्राहीलाई सहज ढंगले छिटोछरितो सेवा प्रदान गर्ने उद्देश्यले उनीहरुलाई दुईदिने क्षमता अभिवृद्धि सम्बन्धी अभिमुखीकरण तालिम दिइएको गढीमाई नगरपालिकाले जनाएको छ।

गढीमाई नगरपालिकाको पञ्जीकरण शाखाको आयोजनामा गरुडा स्थित एक होटलमा जनप्रतिनिधि तथा कर्मचारीहरुबीच आज दुईदिने क्षमता अभिवृद्धि सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिकाको काम कारवाहीप्रति जनप्रतिनिधि र कर्मचारीलाई उत्तरदायी बनाउन, विद्यमान ऐन कानुनहरूको बारेमा जानकारी दिन तथा उनीहरूको क्षमता अभिवृद्धि गर्न अभिमुखिकरण तालिमको आयोजना गरिएको पञ्जीकारण शाखा प्रमुख हरेन्द्र साहले जानकारी दिएका छन्।

तालिममा व्यक्तिगत घटना दर्ता, जन्म, विवाह, मृत्यु, बसाइसराई, सम्बन्ध विच्छेद, सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीमा दर्ता, विभिन्न घटना दर्ता सम्बन्धी रहेको विद्यमान कानुनी व्यवस्था, विपद् पूर्व तयारी, योजना छनौट, सञ्चालन अन्य कार्यहरू गर्न रहेको नीति नियम बारे प्रशिक्षण दिइएको शाखा प्रमुख साहले बताए।

राष्ट्रिय परीचपत्र तथा पञ्जीकरण विभाग सिंहदरबार काठमाण्डौका प्रशिक्षक राजीव राई र सोही विभागका शाखा अधिकृत जीत बहादुर चौधरीले उनीहरुलाई प्रशिक्षण दिएका छन्।

कार्यक्रमलाई गढीमाई नगर प्रमुख श्याम प्रसाद यादव र नगर उपप्रमुख अस्मिता कुमारी यादवले दुवैजना संयुक्त रूपमा उद्घाटन गरेका थिए।

कार्यक्रममा बोल्दै नगर प्रमुख श्याम प्रसाद यादवले कर्मचारीहरुको दक्षता क्षमता र सेवा सहजतालाई दिगो बनाउन यस्ता तालिमले ठुलो योगदान दिने बताएका छन् ।

यस्ता तालिमले कर्मचारीहरुमा उत्प्रेरणा तथा पुनर्ताजगी दिने समेत उनले बताए। सिकेका कुरा व्यवहारमा लागु गर्न सके देश र जनताको लागि सहज हुने समेत उनले जनाए ।

जनताको सहजताको लागि सुशासन पारदर्शिता र जवाफदेहिताले जनतामा सेवा सहज बनाउने उनले उल्लेख गरे । उनले कर्मचारी र जनप्रतिनिधि मिलि सेवाको भावले जनताको काम गर्नुपर्ने समेत धारणा राखे।

कार्यक्रममा अतिथिहरुलाई स्वागत तथा प्रशिक्षार्थिहरुलाई उत्प्रेरणा जगाउदै गढिमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र प्रसाद यादवले कर्मचारी र जनप्रतिनिधिमार्फत सेवाग्राहीले सहज रुपमा सेवा पाउन र सेवालाई थप चुस्त दुरुस्त बनाउन यस्तो तालिमले सहयोग पुर्याउने बिश्वास ब्यक्त गरेका छन् ।

पालिकाको बिकास र समृद्धिका लागि नीति नियम बनाउन र परिपालना गरि जनता सामु पुर्याउन जनप्रतिनिधि र कर्मचारीको बिशेष भूमिका रहनु पर्ने उनले उल्लेख गरे ।

प्रशिक्षणमा सहभागीहरुलाई सिकाइले आफ्नो अनुभव दक्षता र रचनात्मक कार्य गर्न उत्प्रेरणा प्राप्त गर्न सो तालिमको आयोजना गरिएको प्रशासकीय अधिकृत यादवले बताए।

यस्तो तालिममा गढिमाईमा दोस्रो पटक सञ्चालन गरीएको छ। तालिममा ५३ जना जनप्रतिनिधि र कर्मचारीहरु को सहभागिता रहेको थियो।

प्रकाशित मिति: २०८२ बैशाख ३, बुधबार १७:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको