गुणस्तरीय काम गर्न मेयर कन्थमनी जयसवालको निर्देशन



ओम प्रकाश यादव
रौतहट, वैशाख ८ । रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवालले जामे मस्जिद भवन निर्माण कार्य ठोस, मजबूत र गुणस्तरीय गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्।

करोडौंको लागतमा गरुडा नगरपालिका -८ जिङ्गडियामा निर्माण भइरहेको जामे मस्जिद भवनको आज अनुगमन निरीक्षण गर्दै मेयर जयसवालले भवनमा कुनै प्रकारको लापरवाही नगरी ठोस काम गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका हुन्।

सोमबार बिहान मस्जिदको निरीक्षण गर्न पुगेका मेयर जयसवालले गुणस्तरमा सम्झौता नगर्न र तोकिएको समयभित्रै काम सम्पन्न गर्न निर्देशन दिएका हुन्। उनले भने, “तोकिएको म्यादभित्र गुणस्तरीय काम सम्पन्न गर्नुपर्छ, गुणस्तरमा कुनै सम्झौता हुँदैन। केही अप्ठ्यारा भए सहयोग गर्न तयार छु।”

मेयर जयसवालको पहलमा १ करोड ३८ लाख रुपैयाँको लागतमा मुस्लिमहरुका लागि जिंगडीयामा जामे मस्जिद भवन निर्माण हुन लागेको छ। केन्द्र सरकार र गरुडा नगरपालिकाको गरी एक करोड भन्दा बढीको लागतमा निर्माण भइरहेको मस्जिद भवनको केहीदिन अघि मात्र मेयर जयसवालले शिलान्यास गरेका थिए। मेयरमा निर्वाचित भएदेखि नै मेयर कन्थमनी प्रसाद कलवारले नगरमा विकास निर्माणको काम ताद्रुक्ताका साथ गर्दै आएका छन्।

शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, यातायात लगाएत क्षेत्रलाई प्राथमिकतामा राखेर मेयर जयसवालले विकासका कामहरु तिब्र गतिमा अगाडि बढाउँदै आएका छन्।

उनले टोल टोलमा भवन निर्माण देखि बिग्रेको बाटोघाटो मर्मत गर्नुका साथै नयाँ सडक निर्माण, जीर्ण सडकको स्तरउन्नति, सडक ढलान, नाला निर्माण, पानीको निकास, शिक्षा, स्वास्थ्यमा सुधार, विभिन्न पूर्वाधार निर्माण लगायतका काम गर्दै जनताको मन जित्न सफल भएका छन्।

प्रकाशित मिति: २०८२ बैशाख ८, सोमबार १६:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको