जनकपुरधाम, वैशाख ११ । मुलुकको लोकतान्त्रिक इतिहासमा सबै भन्दा शक्तिशाली सरकारको रुपमा रहेको केपी शर्मा ओली नेतृत्वको सरकारमा सत्ता संकट गहिरिन थालेको छ ।
मुलुकमा जारी शिक्षकहरुको आन्दोलन, निजामति कर्मचारी सम्बन्धि विधेयक लगायतका विषयमा एमाले र काँग्रेस बीच बढदै गएको अविश्वासको वातावरणले सत्ता संकटमा पर्न थालेको आभास हुन थालेको छ ।
भोली (वैशाख १२ गते) देखी शुरु हुने संसद अधिवेशन बाट पारित हुने अपेक्षा गरिएको निजामित विधेयकमा सत्ताधारी दलहरु बीच सहमति बन्न नसक्दा त्यसको असर सत्तामै पर्ने सम्भावना बलियो बन्दै गएको छ । निजामति कर्मचारीहरुको कुलिङ्ग पिरिएडको विषयमा एमाले र काँग्रेसको मत बाझिएको हो । काँग्रेसले निजामति सेवा बाट अवकास पाएको २ वर्ष सम्म कुनै राजनीतिक नियुक्ति लिन नपाउने व्यवस्थाको मांग गरेका छन भने एमालेले त्यो व्यवस्थाको विरोध गर्दै आएका छन । यसै विषयलाई लिएर हिजो वैशाख १० गते समितिको बैठकबाट विधेयक पास हुन नसकेको छ ।
त्यसै गरि शिक्षकहरुको आन्दोलनको विषयमा समेत एमाले र काँग्रेस बीचको मतभिन्नता सार्वजनिक भई सकेको छ । काँग्रेसका नेताहरुले शिक्षकहरुको मांग तत्काल सम्बोधन गर्न दवाव दिई रहेको छन भने प्रधानमन्त्री ओली शिक्षकहरुको आन्दोलनलाई गलाउने तर्फ कदम बढाइ रहेका छन । यसै विषयलाई लिएर एमाले बाट शिक्षमन्त्री रहेका विद्या भट्टराईले राजिनामा गरि सकेका छन । उनले शिक्षकहरुको आन्दोलनलाई सम्बोधन हुने गरि रोड म्याप तयार गरे पनि प्रधानमन्त्री र अर्थ मन्त्रीले उनको रोडम्यापमा समर्थन नजनाए पछि उनि राजिनामा गर्न पुगेको स्रोतको दावी छ । सरकारले उनको स्थानमा रघुजी पन्तलाई शिक्षामन्त्री नियुक्त गरि सकेका छन ।
सरकार भित्रको मत भिन्नतालाई उर्जाराज्यमन्त्रीको वर्खास्तगीलाई समेत राजनीतिक विज्ञहरुले विश्लेषण गर्न थालेका छन । सरकारले हिजो मात्रै उर्जाराज्यमन्त्री पूर्णबहादुर तामांङ्गलाई बर्खास्त गरेको छ । उनले कुलमान घिसिङ्गलाई समर्थन गरेको भन्दै बर्खास्त गरिएको स्रोतले जनाएको छ ।
यसैबीच नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वर्तमान केपी ओली नेतृत्वको सरकारबारे नेपाली कांग्रेसले गम्भिर निर्णय लिने संकेत गरेका छन् । उपचारका लागि भनेर बैंकक गएका सभापति शेरबहादुर देउवा फर्किएपछि सरकारको बारेमा निर्णय लिने उनले बताएका हुन् ।
सरकारका काम गर्ने शैली बदल्नुपर्ने बताएका उनले कांग्रेस र एमालेबीच पूर्वसहमतिअनुसार नै अघि बढ्ने पनि बताए। ‘सरकारका कमीकमजोरी सच्याउनुछ, काम गर्ने कुरामा कहीँ तलमाथि भएको छ भने त्यो शैलीलाई बदल्नुछ तर कांग्रेस र एमालेका बीचमा भएको सहमतिको आधारमा हामी जहाँ जानका लागि र जे उद्देश्य प्राप्तिका लागि सहमति गरेका छौं, त्यसमा दायाँबायाँ हुँदैन,’ मंगलबार काठमाडौंमा भएको यातायात व्यवसायीको कार्यक्रममा खड्काले भने । सरकार सञ्चालनमा देखिएका कमजोरीलाई सुधार्दै जाने पनि उनको भनाइ थियो।
‘हामीले संयन्त्रमार्फत् र सभापतिले पनि प्रधानमन्त्रीलाई भन्नुभएको छ, आम नागरिक र मतदाताको मानसिकता र भावनालाई बुझेर नागरिकमा देखिएका असन्तुष्टिलाई सम्बोधन गर्ने गरी काम गर्नुपर्छ,’ खड्काले भने, ‘असन्तुष्टिलाई घटाउँदै भरोसा र विश्वास जगाउनुपर्छ। असन्तुष्टि र गुनासालाई सन्तुष्टिमा परिणत गर्ने हो, सुधार्दै जाने हो।’ आम नागरिक र कार्यकर्तामा देखिएको असन्तुष्टिलाई सन्तुष्टिमा परिणत गर्न व्यापक व्यापक रणनीति, कार्यनीति र थप नयाँ नीति बनाउँदै एउटा अभियान चलाउनुपर्ने पनि उनले बताए।
सरकारको कामकारबाही बारे नेपाली काँग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले खुलारुपमा विरोध गर्दै आएका छन भने शेखर कोइरालाले समेत सरकारको विकल्प बारे सावर्जनिक रुपमा अभिव्यक्ति दिदै आएका छन ।



