संशयमा सरकार, देउवाको प्रतिक्षा गर्दै प्रचण्ड



जनकपुरधाम, वैशाख १२ । वैशाख ११ गते देशभरि लोकतन्त्र दिवस मनाई रहदा मुख्य चर्चाको विषय बन्यो , सरकारको आयु ।

कोठे बैठकहरु बाट शुरु भएको सरकार परिवर्तनको हल्ला विहीवार लोकतन्त्र दिवसको जमघटहरुमा पनि उत्तिकै स्थान पाउन सफल रह्यो । हुनतः नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णवहादुर खडकाले बुधवार आयोजित लोकतान्त्रिक यातायात व्यवसायी संघको भेलामा देउवा थाइलैण्डबाट फर्के पछि सरकार बारे निर्णय हुने भनि दिएको अभिव्यक्तिले चर्चा पाएकै थियो ।

यसै बीच विहीवार काँग्रेस महामन्त्री गगन थापाले सरकारमा बसि रहनु पर्ने बाध्यता नरहेको भनि दिएको अभिव्यक्तिले सरकार परिवर्तनको हल्लालाई थप बल पु¥याएको छ । काँग्रेस नेताहरुले व्यक्ति पिच्छे दिन थालेको सरकार परिवर्तन बारे अभिव्यक्तिले साँच्चिकै सरकार परिवर्तन हुन लागेको त होइन भन्ने विषयले बल पाएको छ । सरकार माथिको संशय गहिरिदै गएको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाले टेको दिएर उभ्याएको ओली नेतृत्वको सरकारको टेको देउवाले नै फुत्काउने त होइन भनि चर्चा समेत हुन थालेको छ ।

यसै बीच लोकतन्त्र दिवसको अवसरमा एमालेले आयोजना गरेको युथ सेलिब्रेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमालेले सरकारको होइन , चुनावको तैयारी गर्ने बेला आएको भनि दिएको अभिव्यक्तिले समेत सरकार संकटमा रहेको विषयलाई बल दिएको छ ।
त्यति मात्र होइन लोकतन्त्र दिवसको अवसरमा सरकार परिवर्तनको हल्ला चलि रहदाँ थाइलैण्ड उडनु अघि देउवाले प्रचण्डलाई गरेको फोनको विषयले पनि संचार माध्यमहरुमा चर्चा पाए ।

विहीवार दिनभरि नेताहरुले दिएको अभिव्यक्ति र संचारमाध्यमका हेडलाइनहरुले सरकार संशयमा रहेको अनुभूति आम जनताले गर्न थालेका छन ।

देउवा र प्रचण्ड बीचको टेलिफोन सम्बाद, देउवाको थाइलैण्ड भ्रमण पछि सरकारबारे ठोस निर्णय लिने काँग्रेस नेताहरुको अभिव्यक्ति र चुनावको तैयारीमा जुटन प्रधानमन्त्रीको निर्देशनले सरकारको आयुबारे आंकलन गर्ने खासै मेहनत गर्नु पर्ला जस्तौ लाग्दैन ।

यसै बीच प्रमुख प्रतिपक्षी दल माओवादीका नेताहरुले समेत सरकारमा जान २०८४ कुर्नु नपर्ने भनि दिएको अभिव्यक्तिले समेत पछिल्लो प्रसंगलाई बल दिएकै छ । देउवाको स्वदेश फिर्तीको प्रतिक्षामा रहेको माओवादी अध्यक्ष प्रचण्डको व्यग्रताले मुलुकको सत्ता राजनीति फरक दिशा नलेला भन्न सकिन्न ।

प्रकाशित मिति: २०८२ बैशाख १२, शुक्रबार १०:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको