राजविर, बैशाख १२ । सवारी ज्यान मुद्दाका फरार एक प्रतिवादी एक वर्षपछी पक्राउ परेका छन ।
पक्राउ पर्नेमा सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ का ४० वर्षिय पञ्चदेव मण्डल छन । बिहीबार साँझ पक्राउ गरेका उनलाई अदालतको आदेशानुसार शुक्रबार कैद भुक्तानका लागी राजविराज कारागार चलान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता जितेन्द्र कुमार बस्नेतका अनुसार २०८१ बैशाख ७ गते सवारी ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतले उनलाई १५ दिन कैद सजाय हुने ठहर गरेको थियो ।
अदालतको आदेश भए लगतै उनी फरार भएका थिए । पक्राउ परेका उनलाई अदालतमा उपस्थित गराउँदा आदेशानुसार कैद सजाय भुक्तानका लागी कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।






