आमाले आफू सहित नवालक छोरालाई खुवाए विष, छोराको मृत्यू आमाको अवस्था गम्भिर



सप्तरी, वैशाख १५ । घरायसी विवादमा यहाँ एक महिलाले आफूसहित नवालक छोरालाई समेत विषपान गराएकी छिन् । विष सेवनबाट गम्भिर अवस्थामा पुगेका उनका ४ बर्षीय छोरा सौरभको उपचारको क्रममा मृत्यू भएको छ भने आमाको अवस्था पनि गम्भिर रहेको प्रहरीले जनाएको छ ।

प्राप्त घट्ना विवरण अनुसार राजविराज नगरपालिका वडा नम्बर १ चनौरा घर भएका अनिल कुमार साफीको २५ बर्षीया श्रीमति काजल देवी साफीले घरायसी विवादका कारण नाम नखुलेको किरा मार्ने विषादी आफू समेत छोरालाई पनि खुवाएकी थिईन् । विष खुवाउँदा सिमिस्त भएका उनका ४ बर्षीय छोरालाई उपचारका लागि स्थानिय गजेन्द्रनारायण सिंह अस्पताल पु¥याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हुँदै विराटनगर स्थित नोवेल अस्पताल पु¥याईको र उपचारकै क्रममा उनको मृत्यू भएको जिल्ला प्रहरी कर्यालय सप्तरीका प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

विष सेवनबाट आमा काजल पनि अति सिकिस्त अवस्थामा रहेको र उनको उपचार नोवेल अस्पताल विराटनगरमा भईरहेको प्रहरीले जनाएको छ । घरायसी विवादका कारण उक्त घट्ना भएको भन्दै प्रहरीले यसबारे थप अनुसन्धान भईरहेको जनाएको छ ।

प्रकाशित मिति: २०८२ बैशाख १५, सोमबार १९:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको