प्रचण्डको मर्निङवाक संगै सुरु भयो सुदूरपश्चिममा माओवादीको जागरण अभियान



काठमाडौं, वैशाख १६ । नेकपा माओवादी केन्द्रले झापाबाट सुरु गरेको तराई–मधेश जागरण अभियान कञ्चनपुर पुगेर समापन हुँदैछ । हुलाकी राजमार्ग केन्द्रित अभियान टोली हिजो साँझ कैलाली प्रवेश गरेको हो ।

आज बिहान सूर्यपुरदेखि सत्ती बजारसम्म माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले मर्निङवाक गर्दै कैलाली कञ्चनपुरमा जागरण अभियानको शुभारम्भ गरेका छन ।

अध्यक्ष प्रचण्ड सहितको केन्द्रीय पदाधिकारीलगायतको टोलीलाई हिजो साँझ ५ बजे टीकापुर नगरपालिकाको सत्ती कर्णालीमा स्वागत गरिएको थियो। प्रचण्ड नगर अध्यक्ष धनसिंह साउदको घरमा सुतेका थिए ।

बिहान ८ बजे टीकापुर–८ सूर्यपुरमा सहिद परिवार भेटघाट,९ बजे देखि १० बजेसम्म वडा नं ९ को झुंगामा जनसभा कार्यक्रम र ११ बजे कैलारी गाउँपालिका–५ वैसपुरमा सहिद परिवार भेटघाट कार्यक्रम रहेको माओवादी केन्द्रले जानकारी दिएको छ।

साढे १२ बजे कैलारी गाउँपालिका–५ वैसपुरमा जनसभा,दिउँसो साढे २ बजे सम्म धनगढी उपमहानगरपालिकाको डिपोबजारमा सहिद परिवार भेटघाट र साढे ३ बजे धनगढीको ओम पार्टी प्यालेसमा अन्तरक्रिया कार्यक्रम रहेको छ ।

त्यसपछि अभियान टोली हुलाकी राजमार्ग हुँदै कञ्चनपुर जाने छ । आज साँझ साढे ५ बजे अभियान टोलीलाई कञ्चनपुरका लागि धनगढी भन्सारबाट बिदाइ गरिने छ।

अभियानमा प्रचण्डसहित नारायणाजी श्रेष्ठ, अग्नि सापकोटा, नन्दकिशोर पुन, पम्फा भुसाल, गिरिराजमणि पोखरेल लगायतको सहभागिता रहेको छ।

प्रकाशित मिति: २०८२ बैशाख १६, मंगलवार ०९:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको