सर्लाही, वैशाख ३१ । शिक्षा विकास ईकाई मलंगवाको घेराव सहित प्रदर्शन गरिएको छ। माओवादीका युवा नेता तथा रामनगर गाउँपालिका अध्यक्ष राजाबाबुको नेतृत्वमा शिक्षा विकास ईकाईको कार्यालय घेराव सहित प्रदर्शन गरिएको हो।
रामनगर गाउँपालिका वडा न -६ को बागमती माध्यमिक बिधालयको ३० लाखको योजना र वडा न.-७ को मनुश्यमारा प्राथमिक बिधालयको ४० लाखको भवन निर्माण कार्यमा रकमी चलखेल गरी नक्कली चिट्ठीको अधारमा कार्यादेश दिईएको भन्दै विभिन्न नारा जुलुश सहित कार्यालय अगाडि प्रदर्शन गरिएको छ।
कार्यालय प्रमुख मुर्दाबाद, शिक्षा मन्त्री रानी शर्मा मुर्दाबादको नारा सहित प्रदर्शन गरिएको हो।
३ महिना अगाडि फागुन १३ गते योजनाको चिट्ठी फेकु रायले लिई उपभोक्ता समिति गठन गरि कार्यालयमा पेश गरे । कार्यालय प्रमुख समृद्धि साहले रकमको माग गरे। रायले सम्झौता पछि रकम दिने भने पछि कार्यालय प्रमुख साहले सम्झौता गर्न आलटाल गरे।साहले रायलाई सम्झौताको लागि अल्झाई रहयो। कार्यालय प्रमुख साहले पछि राजनीति दबाब र रकमी चलखेलमा योजनाको चिट्ठीको फोटोकपी मार्फत अरुलाई कार्यादेश दिइयो।
योजनाको काम सुचारु भएपछि गाउँपालिका अध्यक्ष यादव र रायले कार्यालय प्रमुख सङ्ग सम्पर्क गर्दा वहाँ कार्यालय नै आउन छोडे।
कार्यालय प्रमुख सङ्ग यस बिषयमा बुझ्न फोन गर्दा वहाँ उठाउनु भएन । कार्यालयका प्राविधिक र प्रशासनको कर्मचारीले फेकु रायले पहिला योजनाको चिट्ठी सहित उपभोक्ता समिती गठन गरि पेश गरेको बताए।
यो समस्या सवाधानको लागि शुक्रवार सम्मको अल्टिमेटम दिइएको छ। अन्यथा चरम प्रदर्शन गर्न चेतावनी दिईएको अध्यक्ष यादवले बताउनु भयो।






