मेयर कन्थमनीद्वारा मावि श्रीपुरमा २२ जना छात्रालाई साइकल वितरण



ओम प्रकाश यादव
रौतहट, जेठ १ । रौतहटको गरुडा नगरपालिका-९ नयाँ गम्हरिया श्रीपुर माध्यमिक विद्यालयमा आज विद्यार्थीहरुलाई साइकल वितरण गरिएको छ।

गरुडा नगर प्रमुख कन्थमनी प्रसाद कलवारले सो विद्यालयमा अध्ययनरत २२ जना दलित, गरिब तथा आवश्यकता भएका छात्राहरूलाई साइकल वितरण गरेका हुन्। विद्यालयमा आज आयोजित एक कार्यक्रमकाबीच नगर प्रमुख कलवारले अति गरिव तथा विपन्न २२ जना छात्रालाई साइकल प्रदान गरेका हुन्।



साइकलले विद्यार्थीहरूलाई विद्यालय आउ जाऊ गर्न सहज होस र उनीहरू समयमै विद्यालय पुगुन भन्ने उद्देश्यले आफूले माध्यमिक विद्यालय नयाँ गम्हरिया श्रीपुरका २२ जना अति गरिव तथा विपन्न छात्राहरूलाई साइकल उपलब्ध गराएको मेयर कन्थमनी प्रसाद कलवारले बताएका छन्।

शिक्षामा सहज पहुँच र अवसरको सुनिश्चितताका लागि गरिएको साइकल वितरणले विद्यार्थीहरूको दैनिकीमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको मेयर कलवारले बताए। शिक्षा सशक्तिकरण र समावेशीताको अभियानमा गरुडा नगरपालिका निरन्तर अग्रसर रहने समेत उनले प्रतिबद्धता जनाए। साइकल पाएपछि विद्यार्थीहरु निकै खुसी भएका छन् ।

माध्यमिक विद्यालय नयाँ गम्हरिया श्रीपुरमा कक्षा ६ मा पढ्ने छात्रा खुस्बु दासले नगरपालिकाले आफूलाई साइकल दिँदा निकै खुसी लागेको बताइन् । साइकल पाएपछि विद्यालय जान आउन सजिलो हुने र यसले गर्दा पढाईमा पनि निरन्तरता दिन सहज हुने उनले बताइन् ।

घरबाट स्कुल जाँदा धेरै किताब बोकेर जार्नु पर्ने, घरमा काम गरेर जाँदा ढिला पनि हुने हुँदा अब भने साइकल भएपछि बेलैमा विद्यालय जान सजिलो हुने उनी बताउँछिन् ।

साइकल पाएपछि पठनपाठनमा पनि निकै सहज हुने उनको भनाई छ ।

प्रकाशित मिति: २०८२ जेष्ठ १, बिहीबार १७:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको