२२ छात्रालाई साइकल र स्कूल व्याग



ओम प्रकाश यादव
रौतहट, जेठ ७ । रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडियामा रहेको रामचन्द्र माध्यमिक विद्यालयमा आज छात्राहरुलाई साइकल र स्कूल ब्याग वितरण गरिएको छ । गरुडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवालले रामचन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत २२ जना छात्रालाई साइकल प्रदान गरेका छन् ।

आज बिहान विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच नगर प्रमुख जयसवालले सो विद्यालयका २२ जना छात्रालाई साइकल र स्कूल ब्याग हस्तान्तरण गरेका हुन् । त्यस्तै नगर प्रमुख जयसवालले सो विद्यालयमा विद्यार्थीहरूलाई बस्न बेच्न र डेस्क पनि उपलब्ध गराएका हुन्।

विद्यार्थीहरूलाई समयमै विद्यालय पुग्न समस्या नहोस् र विद्यालय आउजाउ गर्न पनि सहज होस भन्ने उद्देश्यले उनीहरुलाई साइकल प्रदान गरिएको नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले बताएका छन्।

साइकल, ब्याग, बेन्च, डेस्कका कारण विद्यार्थीको पठनपाठनमा समस्या भइरहेको चौतर्फी गुनासो आएपछि आफूले नगरपालिकाको तर्फबाट विद्यार्थीहरुलाई साइकल, ब्याग, बेन्च, डेस्क उपलब्ध गराएको मेयर जयसवालले बताए ।

शिक्षामा व्यापक सुधार ल्याउन आफूले नगरको प्रत्येक विद्यालय अनुगमन गरी आवस्यक पर्ने भौतिक संरचना निर्माणदेखि साइकल, ब्याग, डेस्क, बेन्च लगाएतका सामान वितरण गरिरहेको उनले बताए।

शिक्षकको आवस्यकता भएको विद्यालयमा शिक्षक समेत पठाउने गरेको उनले सुनाए। विद्यार्थीको पठनपाठनमा कुनै समस्या आउन नदिन आफू कटिबद्ध भएर लागेको उनले बताएका थिए ।

नगरमा सडक निर्माण, अन्य भौतिक संरचना निर्माण कार्य देखि लिएर शिक्षा, स्वास्थ्य, खानेपानी तथा कृषिलाई प्राथमिकतामा राखेर काम द्रुत गतिमा अगाडी बढाएको उनले बताए ।

प्रकाशित मिति: २०८२ जेष्ठ ७, बुधबार १४:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको