राजविराजकी कार्यवाहक प्रमुख सुरक्षा माग्दै प्रहरी कार्यालयमा



राजविराज, जेठ ८ । राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविन सुरक्षा माग्दै बिहीबार जिल्ला प्रहरी कार्यालय पुगेकी छन् ।

नगरपालिका कार्यालयबाट केही वडाध्यक्ष र सफाइकर्मीसहित उनी प्रहरीकहाँ पुगेकी हुन् । बुधवार साँझ योजना शाखा प्रमुख मनोजकुमार यादवको नेतृत्वमा अन्य केही व्यक्तिले नगरपालिकामा तोडफोड गर्दै आपराधिक उपद्रव गरेको लिखित जाहेरीसहित उनले योजना प्रमुख मनोजकुमार यादव र अन्य संलगनलाई कारबाहीको माग गरेकी छन् ।



गत वर्ष नै सफाइकर्मीले काम गरेको १७ दिनको तलब बाँकी रहेको र सोको भुक्तानीका सन्दर्भमा राजविराज नगरपालिकामा विवाद भएको छ । नगरप्रमुखकै कार्यकक्षमा योजना प्रमुख र बाहिरका व्यक्ति आएर तोडफोड गर्दा समेत प्रहरीले संलग्नलाई पक्राउ नगरेको कार्यवाहक नगरप्रमुख परविनको आरोप छ ।

योजना शाखा प्रमुख यादवले कार्यवाहक नगरप्रमुखले जबरजस्ती राति कागजातमा सही गर्नुपर्ने बताएपछि सामान्य तनाव भएको बताए ।

प्रकाशित मिति: २०८२ जेष्ठ ८, बिहीबार १५:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको