भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष : नेपाली कांग्रेस



काठमाडौं, जेठ १२ । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको निष्कर्ष निकालेको छ ।

आज बिहान बसेको पदाधिकारी बैठकमा मन्त्री लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको हो । बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘जहाँसम्म गृहमन्त्री जीको कुरा छ, उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौं । जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ ।’



उनले लेखकलाई जबरजस्ती जोडेर अफवाह फैलाइएको समेत बताए ।

प्रकाशित मिति: २०८२ जेष्ठ १२, सोमबार ११:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको