एम्बुलेन्स र स्कुल भ्यान ठोक्किदा एकको मृत्यु , ७ जना घाइते



नवलपरासी, जेठ १९ । पूर्वी नवलपरासीको दुम्कौली चोकमा बिरामी बोकेको एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय रजहरका अनुसार सोमबार बिहान भएको दुर्घटनामा परेर स्कुलको भ्यानका चालक कुलप्रसाद सुवेदीको मृत्यु भएको हो । उनी ५२ वर्षका थिए ।

बिरामी बोकेर नारायणगढतर्फ जाँदै गरेको एम्बुलेन्स र दिव्य एकेडेमी स्कुलको विद्यार्थी ओसार्ने भ्यान ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइतेहरूको उद्धार गरेर उपचारका लागि पठाएको प्रहरीले जनायो ।

प्रकाशित मिति: २०८२ जेष्ठ १९, सोमबार १०:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको