श्याम कुमार ठाकुर
सिरहा, जेठ २६ । मिर्चैया ब्रहामचारी दामोदरान्नद क्याम्पसको सभाहलमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई सरकारी सेवामा प्रवेश सम्बन्धी जानकारी दिने उद्धेश्यले आयोजना गरिएको लोकसेवा तयारी सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
मधेसी समुदायको सशक्तीकरण सम्बन्धी अभिमुखकरण कार्यक्रम लोक सेवा तयारी एक दिने कक्षा सोमबार सम्पन्न भएको छ । मधेशी आयोग समन्वयमा मधेस प्रदेशको लोक सेवा तयारी संबंधित एक दिने लोक सेवा तयारी कक्षामा मधेसी समुदाय लोक सेवा तयारी सम्बन्धित १२० जना विद्यार्थीहरुको सहभागिता थिए ।
जाति , रङ्ग भेषभुसा अधार लोक सेवा नहुने ओल्यायानु भएको हो मधेस समुदाय इतिहास, संस्कृतिको पहिचान,हकहितको संरक्षण र संवद्र्धन तथा सशक्तीकरणका लागि अभिमुखिकरण कार्यक्रम मधेसी आयोगका माननीय जिबछ साह ज्यूको अध्यक्षतमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि प्रशिक्षक तथा विशिष्टअतिथी जिल्ला प्रमुख अधिकारी विश्व प्रकाश अर्याल मधेस प्रदेश लोक सेवाको प्रतिनिधि शाखा अधकृत , मिर्चैया पालिका ५ का वाडा अध्यक्ष प्रदिप साह सम्बन्धित निकायका प्रतिनिधि संचारकर्मी लगाएतका बुद्धिजीवी,युवा, विद्यार्थी भाइबहिनीहरूको उपस्थिति रहेको थियो।
यस अभिमुखीकरणमा कार्यक्रमको विषय वस्तुमा प्रवेश गर्दै मधेसी समुदायको परिचय, भाषा, संस्कृति, रहनसहन, मधेशी समुदायको अवस्था लगायतका समसामयिक विषयमा प्रशिक्षण गर्नु भएको थियो। लोक सेवा आयोग मधेस प्रदेशका प्रतिनिधि शाखा अधकृत बिरेन्द्र मण्डल र मनोज खड्काको प्रशिक्षकत्व रहेको उक्त कार्यक्रममा क्याम्पसमा प्रध्यापनरत शिक्षकहरु साथै क्याम्पसको शिक्षाशास्त्र र व्यवस्थापन सङ्काय स्नातक तह तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरु गरी १२० जनाको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा प्रशिक्षक खडका सरकारी सेवामा प्रवेश गर्नको लागि दिनु पर्ने लोकसेवाको तयारी सम्बन्धमा जानकारी दिनुभएको थियो ।
उक्त कार्यक्रममा विद्यार्थीहरुको चौतर्फी विकास गर्न समय समयमा लोकसेवा तयारी, शिक्षकसेवा तयारी, बैंकिङ् तयारी, विभिन्न विषयमा तालिम तथा प्रशिक्षण कार्यक्रम संचालन गरिरहेको हुनाले यस्ता कार्यक्रममा विद्यार्थीहरुको सक्रिय सहभागिताको लागि आग्रह गर्नुभयो । उक्त कार्यक्रममा ब्रहामचारी दामोदरान्नद क्याम्पसको प्रमुख सन्जय साहले सहजिकरण गर्नुभएको थियो ।






