भिजिट भिसा प्रकरणबारे छलफल संघीय लोकतान्त्रिक मोर्चाले बोलायो बैठक



काठमाडौं, जेठ २९ । संघीय लोकतान्त्रिक मोर्चाले बैठक बोलाएको छ । भोलि दिउँसो ३ बजे शान्तिनगरस्थित राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाएको हो ।

बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले बताए । उनका अनुसार बैठकमा भिजिट भिसा प्रकरणबारे पनि छलफल हुनेछ ।



मोचाको कार्यविधि, आदिवासी जनजाति र मधेशीबीच सहकार्य गर्ने सम्बन्धमा पनि छलफल हुने उनले बताए। मोर्चामा जनमत, जसपा नेपाल, लोसपालगायत मधेस केन्द्रित दलहरू सहभागी छन् ।

प्रकाशित मिति: २०८२ जेष्ठ २९, बिहीबार १७:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको