करखुसी खोलाका अवैध संरचना हटाउन महानगरको अभियान



काठमाडौं, असार ८ । काठमाडौं महानगरले कालीमाटी प्रहरी बिट अगाडीको करखुसी खोलाका किनारमा बनेका अवैध संरचनाहरु हटाउने प्रक्रिया सुरु गरेको छ । आइतबार दिउँसो टोजरसहित पुगेको महानगरको टोली करखुसी खोलाका किनारमा बनेका केही संरचनाहरु भत्काउन सुरु गरेको हो ।

वडा नम्बर १४ का वडा सदस्य अच्युत सापकोटाले डुबानबाट बच्नका लागि तयारी स्वरुप स्थानीयबासीको सहकार्यमा संरचनाहरु भत्काउन सुरु गरिएको जानकारी दिए ।

‘बर्षायाम सुरु भएकाले खोलामा बाढी आउने र डुवान हुने भएकाले स्थानीयबासीसँगैको सहकार्यमा तत्कालका लागि केही पुलहरु हटाउन सुरु गरेका हौं,’उनले भने ।

दुइ हप्ता अघि आएको पानीले समस्या आएका कारण स्थानीयसँगको सोधपुछ एवम सल्लाह अनुसार पुल हटाइएको उनले जानकारी दिए ।

‘अहिले तत्काललाई चारपाँच वटा पुल हटाउने तयारी छ । खोला गहिराउने भन्दापनि सफा गर्ने अभियान छ । वाल लगाएर सुरक्षाको विधि अपनाउने तयारीमा छौं,’सापकोटाले भने ।

स्थानीय  शिवकुमार थापाले पुल हटाउँदा डुवान केही हदसम्म कम हुन्छ भन्ने आशा गरेको बताए । उनले पूर्णरुपले डुबान हुँदैन भन्ने स्थिति नरहेपनि प्रकृति विरुद्धमा जान नसकिने भएकाले संरचनाहरुको व्यवस्थापन गर्न जरुरी रहेको उनले बताए ।

‘करिब २५ बर्षदेखि यस क्षेत्र बस्दै आएपनि बर्षेनी डुबानको समस्या झेलिरहेका छौं । निजी पुलका कारण स्थानीयबासी पीडित छन् । व्यक्तिगत रुपमा निर्माण भएका पुल यस वडामा दुईवटा छन्, १४ नम्बर वडामा करिब पाँचवटा होलान,’उनले भने ।

प्रकाशित मिति: २०८२ असार ८, आइतवार १७:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको