काठमाडौँबाट भिठ्ठामोड आउदै गरेको बस चपुरमा दुर्घटना , १० जना घाइते



ओमप्रकाश यादव
रौतहट, असार ९ । काठमाडौँबाट भिठ्ठामोड आउदै गरेको रात्रीबस रौतहटको चन्द्रपुरमा दुर्घटना हुँदा १० जना यात्रुहरु घाइते भएका छन् ।

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर २ स्थित पूर्व पश्चिम राजमार्गमा आज विहान करिब ४ः३० बजेको समयमा काठमाडौंबाट भिट्ठामोड आउदै गरेको बा.प्र.०१–००६ ख. ५२१६ नम्वरको गंगोत्री ट्राभल्सको यात्रुबाहक बस आफै अनियन्त्रित भई सडक भन्दा दक्षिण साईडमा दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

घटनाको जानकारी पाउना साथ इलाका प्रहरी कार्यालय चन्द्रनिगहपुर र ट्राफिक कार्यालयबाट खटिएका संयुक्त टोली तत्कालै घटनास्थलमा पुगेर घाइतेहरुको उद्धार गरेर उपचारको लागि चन्द्रपुर स्थितको अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परि भारत विहार सीतामढीका ४४ बर्षीया रेखा देवी, सीतामढी जिल्लाकै २२ बर्षीया जहदेवी झा, ११ बर्षीय विसुकुमार पटेल, दरभंगा जिल्लाका २६ बर्षीय महम्मद अमजल, मोहम्मद ओकिल, ३८ बर्षीया नरगिस खातुन, निजको २ बर्षीय छोरा आयस प्रतिक, धनुषा क्षिरेश्वरनाथ १ का २३ बर्षीया अनुष्का निगम, जनकपुरका ३५ बर्षीया संतोषी ठाकुर र जलेश्वर नपा ४ का ४३ बर्षीया पुनम ठाकुर घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले जानकारी दिएका छन ।

काठमाडौंबाट भिठ्ठामोड जाँदै गरेको बसमा सबार २५ जना मध्ये १० जना घाइते भएको छ भने १५ जना सकुशल घर फर्किएका छन् ।

घाइतेहरुको चन्द्रपुर स्थिति अस्पतालमा उपचार भईरहेको छ तथा उनीहरुको अवस्था सामान्य रहेको डिएसपी रायले बताउनु भएका छन् । बस दुर्घटना भएपछि बसका चालक फरार रहेको हुँदा चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०८२ असार ९, सोमबार ११:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको