काठमाडौं, असार ११ । बुधबार बसेको पूर्वाधार विकास समितिको बैठकमा सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगतीबारे छलफल भएको छ ।
प्रतिनिधिसभाअन्तर्गत आज बसेको गठित पूर्वाधार विकास समितिको बैठकले सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगतीबारे छलफल गरेको हो ।
यसैगरी उक्त छलफलमा बोल्दै पूर्वाधार विकास समितिका सभापतिदिपक सिंहले आयोजनाको अध्ययन गर्नको लागि एउटा उपसमिति गठन गर्न आवश्यक रहेको बताए । उनले उपसमितिबनाउँदा एक एकजना सबै दलबाट प्रतिनिधि पठाउँदा राम्रो हुने बताए ।
उनले भने, ‘आयोजनाको अध्ययन गर्नको लागि एउटा उपसमिति गठन गर्ने सबैको कुरा समितिमाआएको छ । उपसमितिबनाउँदा एक एकजनाआफ्नो आफ्नो दलबाट प्रतिनिधि पठाउँदा राम्रो हुनेछ । आजको यस बैठकले देशभरीका राष्ट्रिय गौरवका योजनाहरुबाटै योजनाप्रमुख नै राख्ने निर्णय गर्नुपर्ला । समितिले मागेका प्रमाणपत्रहरु समितिमामगाईकन अध्ययन गर्नुपर्नेछ ।’
यसैगरी, समितिको बैठकमा सुनकोशी मरिनडाइभर्सनको कार्य आयोजनाको (डिएफएसआर) तथाअध्यावधिकखरिद गुरुयोजना स्वीकृत भएको जनाइएको छ । वातावरणीय प्रभावअध्ययन(EIA)प्रतिवेदन र पुरक वातावरणीय प्रभावअध्ययन(SEIA) स्वीकृत भएको समेत छलफलमा जानकारी गराइएको छ ।
२०७७फागुन २० गते आयोजनानिर्माण कार्यको शिलान्यास भएर हालसम्म ४६.६१ हे.जमिनको मुआब्जावितरण सम्पन्न भैइसकेको समेत समितिमाजानकारी गराइएको थियो ।






