बिहारमा राष्ट्रपति शासनको माग



एजेन्सी, साउन ७ । पूर्णियाका स्वतन्त्र सांसद पप्पु यादव (राजेश रञ्जन) ले बिहारमा राष्ट्रपति शासन को माग गरेका छन । बिहारका राज्यपाल आरिफ मोहम्मद खानसँग भेटमा उनले राज्यमा बढ्दो अपराध र कमजोर कानून व्यवस्था विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रपति शासन लागू गर्नुपर्ने माग गरेका हुन ।

राजभवनबाट बाहिरिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पप्पु यादवले भने, “बिहारमा अब सरकार भन्ने केही छैन। शासन माफियाको हातमा पुगेको छ।“ उनले मुख्यमन्त्री नीतीश कुमारलाई “नाममात्रका मुख्यमन्त्री“ भन्दै आलोचना गरे। उनका अनुसार वास्तविक सत्ता भाजपा र आपराधिक गिरोहहरूले सञ्चालन गरिरहेका छन्।

पप्पु यादवले पारस अस्पतालमा भएको सार्वजनिक हत्या घटनालाई उदाहरण दिँदै भने, “दिनदहाडै हत्या हुनुको अर्थ हो, राज्यको सुरक्षा प्रणाली पूर्ण रूपमा धरापमा छ।” ३०० जना प्रहरीको सुरक्षा व्यवस्था हुँदाहुँदै अपराधीहरूले पिस्तोल लहराउँदै अपराध गरेका घटनाहरू उनले उजागर गरे।

पप्पु यादवले भने, “अब बिहारमा केही बाँकी छैन। पारस अस्पतालको घटना अन्तिम चोट हो। मुख्यमन्त्री कुर्सीमा त छन्, तर प्रशासनिक नियन्त्रण गुमिसकेको छ। यस्तो अवस्थामा राष्ट्रपति शासन लागू गर्नु नै एकमात्र विकल्प हो।”

प्रकाशित मिति: २०८२ श्रावण ७, बुधबार ०८:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको