भदौ महिनाको सभा सञ्चालन सम्बन्धी क्यालेन्डर बनाउनेबारे छलफल



काठमाडौं,साउन ३० । सभामुख देवराज घिमिरेले संसदको प्रतिनिधित्व गर्ने प्रमुख दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् ।

शुक्रबार सिंहदरबारमा सभामुखले पाँच दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका हुन् ।
छलफल पछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले भदौ महिनाको सभा सञ्चालन सम्बन्धी क्यालेन्डर बनाउने विषयमा छलफल भएको जानकारी दिए । भदौंको ४,५ र ६ गते सभा सञ्चालन गर्ने निर्णय भएको उनले बताए ।

उनले भने,‘भदौ महिनाको सभा सञ्चालन सम्बन्धी क्यालेन्डर बनाउने छलफल भयो । आगामी दिनमा संसद कसरी प्रभावकारी बनाउने विषयमा पनि छलफल भयो । भदौको ४,५ र ६ तीन दिन सभा सञ्चालन गर्ने र त्यसबीचमा केही पर्व परेकाले केही पछि गर्ने कुरा भएको छ ।’

त्यस्तै संसदमा रास्वपाको विरोधको विषयमा सभामुखले पहल गरेतापनि सरकारले सुन्न नचाहेको उनले बताए । सत्ता सञ्चालन गर्ने दलहरुले माग सुनुवाई गर्न नचाहेको उनको भनाई छ ।
‘विरोधको कुरामा सभामुखले निकै प्रयत्न गरिरहनु भएको छ । तर सरकारले सुन्न चाहेको छैन् । सत्ता सञ्चालन गर्ने दलहरु हाम्रो माग सुनुवाई गर्न चाहनुहुन्न ।’

प्रकाशित मिति: २०८२ श्रावण ३०, शुक्रबार १५:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको