जनकपुरधाम, भदौ ३ । गौर घटनाको छानविन गर्न सर्वोच्च अदालतले परमादेश गरेपछि आक्रोशित जनता समाजवादी पार्टी नेपालले काठमाण्डौ सहित मधेशका जिल्लाहरुमा आज पनि विरोध प्रदर्शन गर्ने भएको छ।
जसपा नेपालका युवा तथा विद्यार्थी संगठनको नेतृत्वमा काठमाडांै मधेशका जिल्लाहरुमा विरोध प्रदर्शन हुन लागेको जसपा नेपाल मधेश प्रदेश समितिका अध्यक्ष बालकिशोर यादवले जनाएका छन ।
जसपाका जिल्ला कमिटीहरुले बैठक गर्दै सरकारको नस्लीय चिन्तन र मधेश विद्रोहका प्रणेता उपेन्द्र यादवलाई फसाउन भइ रहेको षडयन्त्र विरुद्ध मधेशका सबै जिल्लामा आज साँझ विरोध प्रदर्शनको कार्यक्रम रहेको उलने बताए ।
यसै बीच जसपा नेपाल धनुषा जिल्ला समितिले समेत साँझ पाँच बजे जनकपुरको जनकचोकमा विरोध प्रदर्शन गर्ने जनाएको छ ।
त्यसैगरि युवा विद्यार्थी संगठनहरुले काठमाडौंको माइतीघर मण्डलमा समेत विरोध प्रदर्शन गर्न लागेका छन भनेमधेश जिल्लाहरुमा समेत विरोधको कार्यक्रमहुने जनाइएको छ।






