राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा न्यौपानेलाई अघि सारियो



काठमाडौं ,भादौ १०। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसले सांसद ईश्वरीदेवी न्यौपानेलाई अघि सारेको छ ।

मंगलबार काग्रेसको शीर्ष नेताहरुको बैठकले आफूलाई समितिको सभापतिमा उठाउने निर्णय गरेसँगै उम्मेदवारी दिएको न्यौपानेले बताइन् ।

उनले भनिन्, ‘म संसदीय सुनुवाई समितिको सभापति नै थिए, मलाई बिहान पार्टीले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बनाउने निर्णय पदाधिकारीले गर्यो भन्नुभयो । म त पार्टी कै कार्यकर्ता नाइ भन्ने कुरा पनि भएन । त्यसपछि हामीले भर्खरै आएर मनोनयन दर्ता गरेका छौ ।’

यसअघिका संसदीय सुनुवाइ समितिको सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि न्यौपानेलाई अघि सारिएको हो ।

तत्कालीन सभापति खतिवडाले भने नैतिक आधारमा हासीहासी राजीनामा दिएको बताए । सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफू सभापति हुँदा महत्वपूर्ण विधेयकमा काम गर्न सफल भएको भन्दै करिब ८० वटा बैठक बस्न सफल रहेको बताए ।

 

प्रकाशित मिति: २०८२ भाद्र १०, मंगलवार १६:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको