बन्धकहरूलाई मुक्त गराउन इजरायलमा प्रदर्शन तीब्र



एजेन्सी, भदौ ११ । हमासको कब्जाबाट बन्धकहरूलाई मुक्त गराउन दबाब बढाउँदै इजरायलमा प्रदर्शन तीव्र बनेको छ । प्रदर्शनकारीहरूले टायर जलाउदै राजमार्ग अवरुद्ध गरेर युद्धविरामको पक्षमा नाराबाजी गरेका छन ।

यद्यपी प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भने हमासलाई तोडफोड गर्ने र बन्धकहरूको रिहाईका लागि आक्रामकता नै सर्वोत्तम उपाय रहेको दावी गडरेका छन । उनले प्रदर्शनकारीहरूले बन्धक मुक्तिको प्रक्रियालाई अवरुद्ध गरिरहेको आरोप समेत लगाएका छन्।

प्रदर्शनकारीहरुको आक्रोश इजरायल सरकारको गाजामा आक्रामक सैन्य कारबाही गर्ने योजनाप्रति हो । ताजा आक्रमणमा गाजामा १६ नागरिकको मृत्यु भएको छ । प्रदर्शनकारीहरूको भनाइ छ कि बन्धकलाई सुरक्षित फर्काउन वार्ता नै उपयुक्त बाटो हो र निरन्तर दबाबमार्फत नेतन्याहूलाई युद्धविरामबारे छलफल गर्न बाध्य पार्न सकिन्छ।

नेतन्याहू चाँडै नै सुरक्षा क्याबिनेट बैठक बोलाउने तयारीमा छन्। तर युद्धविरामका प्रयासमाथि छलफल हुने–नहुने स्पष्ट छैन। उनले भनेका छन् कि इजरायल गाजा सिटीमा हमलाहरू विस्तार गर्नेछ र युद्धविराम प्रस्तावलाई वार्ताकारहरूलाई पठाउने प्रक्रिया अझै बाँकी छ।

७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गर्दै २५१ जना इजरायलीलाई बन्धक बनाएको थियो। युद्धविराम अवधिमा धेरैजना मुक्त भए पनि अहिलेसम्म इजरायलले मात्र ८ जनालाई प्रत्यक्ष उद्धार गर्न सकेको छ। अनुमान अनुसार करिब ५० जना अझै गाजामा रहेका छन्, जसमा करिब २० जना जीवित भएको विश्वास गरिएको छ।

 

प्रकाशित मिति: २०८२ भाद्र ११, बुधबार ०९:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको