संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दैँ



काठमाडौं, भदौ १७ । आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्ने तय भएको छ ।

मंगलबार प्रतिनिधि सभा अन्तरगत राज्य व्यवस्था तथा सुशासन समिति र राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समिति गरि दुई समितिको बैठक बस्न लागिएको हो ।

आज बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको हालसम्मको कामकारबाहीको समीक्षा गर्ने कार्यसूची रहेको छ भने बैठक दिनको २ बजे बस्ने तय भएको छ ।

साथै, विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमा छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ९ बजे बस्ने तय भएको छ ।

प्रकाशित मिति: २०८२ भाद्र १७, मंगलवार ०९:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको