फिलिपिन्समा शक्तिशाली आँधी, २६ जनाको मृत्यु – उद्धारमा खटिएको हेलिकप्टर पनि दुर्घटना



एजेन्सी, कात्तिक १९ । फिलिपिन्समा शक्तिशाली आँधीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। अधिकारीहरूका अनुसार हालसम्म कम्तीमा २६ जनाको मृत्यु भएको र लाखौँ मानिसहरू विस्थापित भएका छन्।

बीबीसीका अनुसार, ‘कालमेगी’ नाम दिइएको उक्त आँधीले देशको सबैभन्दा बढी जनसंख्या भएको मध्य टापु सेबुमा व्यापक विनाश गरेको छ, जहाँ धेरै सहर र बस्तीहरू जलमग्न भएका छन्। अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्।

यसैबीच, उद्धार र राहत कार्यमा खटिएको फिलिपिन्स वायु सेनाको हेलिकप्टर पनि उत्तरी मिन्डानाओ टापुमा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा चालक दलका सबै ६ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।

आँधीलाई स्थानीय रूपमा ‘टिनो’ नाम दिइएको छ। मंगलबार बिहान ल्यान्डफल गरेपछि यसको तीव्रता केही घटे पनि अहिले पनि हावाको गति १३० किलोमिटर प्रति घण्टाभन्दा बढी रहेको बताइन्छ।

अधिकारीहरूले प्रभावित क्षेत्रहरूमा उद्धार कार्य जारी रहेको र विस्थापितका लागि अस्थायी शिविरहरू स्थापना गरिएको जनाएका छन्।

प्रकाशित मिति: २०८२ कार्तिक १९, बुधबार ०८:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको