काठमाडौं, पुस २३। नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि आफ्ना ८ उम्मेदवार टुंगो लगाएको छ। १८ सदस्यीय निर्वाचनमा पार्टीले आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्न प्रदेशअनुसार उम्मेदवार चयन गरेको हो।
एमालेले प्रदेशअनुसार उम्मेदवारको नाम घोषणा गरेको छ , जसमा कोशी प्रदेशबाट रोशनी मेचे, सोम पोर्तेल, मधेस प्रदेशबाट रेखा झा, बागमती प्रदेशबाट प्रेम दंगाल, गण्डकी प्रदेशबाट सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, कर्णाली प्रदेशबाट मीना रखाल र सुदूरपश्चिम प्रदेशबाट लिला भण्डारी रहेका छन ।
माघ ११ मा निर्वाचन हुने तालिका अनुसार आज मनोनयन दर्ता हुँदैछ। यद्यपि मनोनयन दर्ता भए पनि दलहरुबीच सिट बाँडफाँडमा सहमति अहिलेसम्म टुंगिएको छैन।
समाचार अनुसार, कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा नेपाल)बीच सहमतिका प्रयास भए पनि पूर्ण सहमति हुन सकेको छैन। प्रारम्भिक छलफलअनुसार, एमाले र कांग्रेसलाई ७–७ सिट, नेकपालाई ३ सिट, र जसपा नेपाललाई १ सिट दिने योजना रहेको छ।






