बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस मनाइदै



काठमाडौँ, वैशाख २४। बागमती प्रदेशमा आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। दिवसको अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदासमेत दिएको छ।

बागमती प्रदेश सरकारले २०८१ सालदेखि प्रत्येक वर्ष वैशाख २४ गते प्रदेश भाषा दिवस मनाउन सुरु गरेको हो। प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० कार्यान्वयनमा आएको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको प्रदेश सरकारले जनाएको छ।

उक्त ऐन २०८० साल कात्तिक २३ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियो। ऐनको व्यवस्था अनुसार राजपत्रमा प्रकाशित भएको १८० दिनपछि कार्यान्वयनमा आउने प्रावधान रहेको थियो। सोही अनुसार २०८१ वैशाख २४ गते ऐन पूर्ण रूपमा कार्यान्वयनमा आएपछि पहिलो पटक प्रदेश भाषा दिवस मनाइएको थियो।

प्रदेश सरकारले भाषा संरक्षण, प्रवर्द्धन तथा सरकारी कामकाजमा मातृभाषाको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले दिवस मनाउन थालेको जनाएको छ। आज प्रदेशका विभिन्न जिल्लामा भाषा, संस्कृति तथा पहिचानसँग सम्बन्धित कार्यक्रम आयोजना गरिएका छन्।

प्रकाशित मिति: २०८३ बैशाख २४, बिहीबार ०८:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको