
काठमाडौँ । काठमाडौँमा मोटरसाइकलको ठककरबाट पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका(१५ सानोभर्याङमा बागमती प्रदेश(०२(०१७ प ६६५० नम्बरको मोटरसाइकलको ठककरबाट पैदलयात्री हाल वतन नखुलेका करिब ३५ वर्षीय विकास तामाङको आज बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार अन्य १ जनाको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


