काँग्रेस सार्वजनिक यातायात समन्वय विभागको सदस्यमा प्रवेश



जनकपुरधाम, फागुन १२ । नेपाली काँग्रेस केन्द्रिय कार्यालयले पार्टीको सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागको सदस्यमा धनुषाका नेता प्रवेश चौधरीलाई चयन गरेको छ ।

काँग्रेस केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरि पार्टी केन्द्रिय सदस्य शिवप्रसाद हुमागाँई प्रमुख रहेको विभागमा चौधरी सहित १० जनालाई चयन गरेको जनाएको छ ।

समितिको सदस्यहरुमा जमुना देवी पोखरेल सुनसरी, प्रकाश कुमार नेपाल रुपन्देही, संगीता कुमारी थारु बाँके, केदारनाथ पौडेल बर्दिया, राम प्रसाद सुवेदी चितवन, नरबहादुर विश्वकर्मा (नविन) सुर्खेत, उमेश केसी बागलुङ, होमबहादुर कुँवर कञ्चनपुर र राजकुमार गुरुङ चितवन रहेका छन ।

काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित)को धारा २५(९) बमोजिम विभाग गठन गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन १२, सोमबार १८:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको