जनकपुरधाम, फागुन १४ । चौथो अन्तर स्कूल क्रिकेट प्रतियोगिता हुने भएको छ ।
फागुन १७ गते देखि जनकपुरधामको बाह्र विघा मैदानमा हुने प्रतियोगितामा जनकपुर पब्लिक स्कूल, ऐरे इंटरनेशल स्कूल, मोनास्टिक स्कूल, अन्नपूर्णा स्कूल, शिशु प्रज्ञा सदन, सिद्दार्थ शिशु सदन, मदर टेरेसा पब्लिक स्कूल, न्यू भिजन स्कूल, हिमाली बोर्डिंग स्कूल, राष्ट्रिय मावि रुपैठा, संकट मोचन दे रा मा बी, किड्डी कॉनभेंट स्कूल, राजर्षि जनक इंग्लिश बोर्डिंग स्कूल, मिथिला इंस्टिट्यूट ऑफ टेक्नोलॉजी स्कूल, सिटी मोंटेसरी स्कूल र गोगल प्रसाद मावि स्कूल बसहियाले भाग लिएको जनाइएको छ ।
प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ । विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप अन्तर्गत आयोजक न्यू भिजन नेपाल र जनकपुर स्पोर्ट्स क्लबले अन्तर स्कूल क्रिकेट प्रतियोगिता गराउँदै आएको छ ।




