क्यानडाविरुद्ध नेपालको २४ रनको जित, रोहित पौडेलको शतक



काठमाडौं, असोज २५ । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले क्यानडाविरुद्ध २४ रनको जीत हात पारेको छ । नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमा समेटिएपछि नेपाल विजयी भएको हो।

नेपालका लागि कप्तान रोहित पौडेलले शतकीय पारी खेलेका छन। उनले १२७ बलमा १०१ रन बनाउदा आठ चौका र एक छक्का प्रहार गरेका थिए ।

त्यस्तै, गुल्सन झाले ३४ बलमा ४८ रनको योगदान दिएका छन । उनले चार चौका र तीन छक्का प्रहार गरे। बासिर अहमदले ३० तथा अर्जुन कुमालले २३ रनको योगदान दिए। नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो।

क्यानडाका लागि अखिल कुमारले चार विकेट लिए भने सुखजिन्दर सिंहले तीन र जाहिद सिरजादले दुई विकेट लिएका थिए।

२३६ रनको लक्ष्य पछ्याएको क्यानडाका आरोन जोन्सनले ४४ र सामित गोहेलले ३५ रन बनाएका छन। अखिल कुमार ३० रनमा अविजित रहे भने कप्तान हम्जा तारिकले २६ रन जोडे। अन्य ब्याटरले उल्लेख्य योगदान दिन नसक्दा क्यानडा लक्ष्यसम्म पुग्न सकेन।

नेपालका लागि सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी र नन्दन यादवले समान दुई–दुई विकेट लिएका हुन।

प्रकाशित मिति: २०८३ आश्विन २५, आईतवार १९:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको