जनकपुरधाम, फागुन १९ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बैशाख अन्तिम साता हुने भनिएको महाधिवेशन तयारीको क्रममा चैत्र ७ गते भित्र वडा र पालिकाको अधिवेशन सम्पन्न गर्न परिपत्र जारी गरेको छ ।
लोसपा अध्यक्ष महन्थ ठाकुरले आज जिल्ला अध्यक्षहरुलाई परिपत्र गर्दै निर्वाचन निर्देशिका २०८१को धारा (१) र (३) बमोजिम वडा र पालिका अधिवेशन चैत ७ गते भित्र सम्पन्न गर्न निर्देशन दिएका छन ।
अध्यक्ष ठाकुरले जारी गरेको परिपत्रमा वडा र पालिका अधिवेशनमा जिल्ला तथा सम्बन्धित निकायका सम्पूर्ण नेता, कार्यकर्ता तथा सुभेच्छुकहरुलाई अनिवार्य सहभागि गर्न निर्देशन समेत दिएका छन ।
यसै बीच जनकपुरधाम उपमहानगरको अधिवेशन तैयारी तीब्र पारिएको लोसपा जनकपुरधाम उपमहानगरका सचिव प्रशान्त झाले जनाएका छन ।
सदस्यता वितरण तीब्र गतिमा अघि बढेको जनाउदै झाले फागुन ५ वा ६ गते उपमहानगर अधिवेशनको तैयारी भै रहेको बताएका छन ।



