गृह मन्त्रालयको निर्णयले ६ जिल्लाका प्रशासनिक नेतृत्वमा फेरबदल



काठमाडौँ, फागुन २२ । गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ ।  गृह मन्त्रालयले गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट ६ प्रमुख जिल्ला अधिकारीहरूको परिवर्तन गरेको हो ।

आजको मन्त्री स्तरीय निर्णयबाट बाँके, रौतहट, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा, नुवाकोटका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरिएको हो ।  बाँकेमा धर्मराज जोशी, रौतहटमा विनोद कुमार खड्का, सङ्खुवासभामा दिव्य राज पोखरेल, खोटाङमा नरहरि घिमिरे, ओखलढुङ्गामा विजयराज सुवेदी र नुवाकोटमा शशीधर घिमिरेलाई नयाँ प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी रहेका रामकृष्ण अधिकारीलाई गृह मन्त्रालयमा तानिएको रातोपाटीलाई प्राप्त सरुवा सूचीमा उल्लेख छ । खड्का यसअघि सङ्खुवासभाको प्रमुखमा जिल्ला अधिकारी थिए ।

प्रकाशित मिति: २०८१ फाल्गुन २२, बिहीबार १५:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको