विराट गोल्ड कपको उपाधि थ्री स्टार क्लबलाई



विराटनगर, फागुन २९ । विराटनगरको सहिद रङ्गशालामा ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगिताको उपाधि थ्री स्टार क्लब ललितपुरले जितेको छ । प्रतियोगिताअन्तर्गत बुधबार साँझ भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–० गोलले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो ।

विराट गोल्ड कप ट्रष्टद्वारा आयोजित रात्रिकालीन प्रतियोगितामा थ्री स्टारका १६ नं जर्सीका खेलाडी खेमराज श्रेष्ठले खेलको पाँच मिनेटमा र जर्सी नं ७ का खेलाडी दीपेश घलेले ६३ मिनेटमा एकरएक गोल गरी आफ्नो टोलीलाई उपाधि जिताएका हुन् ।

थ्री स्टारका खेलाडी श्रेष्ठले ‘बेस्ट प्लेयर अफ टुर्नामेन्ट’ घोषित भई रु ५१ हजार प्राप्त गरे । सोही टोलीका क्याप्टेन एकराज बुढाथोकीलाई ‘म्यान अफ प्लेयर’ वापत रु ११ हजार प्रदान गरियो । प्रतियोगितको विजेता टोली थ्री स्टारले नगद रु ११ लाख र उपविजेता चर्च ब्वाइज युनाइटेडले रु पाँच लाख प्राप्त गरेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, विराटनगर महानगरप्रमुख नागेश कोइराला, प्रदेशसभा सदस्य भीम पराजुली, प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेतलगायतले विजेता तथा उपविजेता टोलीका खेलाडीलाई गोल्ड कप, सिल्ड तथा प्रमाणपत्र वितरण गर्नुभयो । प्रतियोगितामा भारतका दुई र नेपालका विभागीयसहित १० वटा टोली सहभागी थिए ।

प्रकाशित मिति: २०८१ फाल्गुन २९, बिहीबार ०७:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको