स्ववियु निर्वाचन : अन्तिम चरणको कसरतमा उम्मेदवार



राजविराज, चैत ३ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मिति अत्यन्त्य नजीक पुगे संंगै यहाँ स्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा विभिन्न विद्यार्थी संगठनका उम्मेदवार अन्तिम चरणको प्रयासमा जुटेका छन् ।

मौन अवधि शुरु हुनुअघि नै विभिन्न विद्यार्थी संगठन र स्वतन्त्र उम्मेदवार मतदाता नजिक पुग्न र मत आफ्नो पक्षमा पार्न अन्तिम प्रयासमा जटेका हुन । ३०१४ मतदाता रहेको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ र लोकतान्त्रिक विद्यार्थी संघको संयुक्त गठबन्धनबाट सभापति पदमा नितिश कुमार यादव प्यानल सहित चुनावी मैदानमा छन् ।

समाजवादी विद्यार्थी युनियन र अखिल(क्रान्तिकारी)को संयुक्त गठबन्धनबाट सभापति पदमा रंजित कुमार यादव प्यानल सहित प्रतिस्पर्धामा छन् । यस्तै विद्यार्थी जनमत संघ बाट त्रिवेणी कुमार यादव सभापति पदमा तथा अनेरास्ववियुको तर्फबाट मनिषा कुमारी साह सभापति पदमा प्यानल सहित चुनावी मैदानमा छन् ।

समाजवादी विद्यार्थी युनियन र अखिल(क्रान्तिकारी)को संयुक्त गठबन्धनबाट सभापति पदमा रंजित कुमार यादव प्यानल सहित प्रतिस्पर्धामा छन् ।

यहाँ विनय कुमार यादव (बालेन) पनि सभापति पदमा स्वतन्त्र उम्मेदवारी दिएर चुनावी भिडन्तलाई रोचक बनाएका छन् । सभापति पदका पाँचै जना उम्मेदवार विद्यार्थीमाझ लोकप्रीय छन् । त्यसैले कसले बाजी मार्ला ? भन्ने कुरा यकिन साथ भन्न कठिन भएको स्ववियु निर्वाचनलाई नजिकबाट नियाली रहेका विद्यार्थीहरुको भनाई छ ।

सबै उम्मेदवारले विद्यार्थीको हक हित अधिकार तथा क्याम्पसमा देखिएको शैक्षिक समस्याको समाधान गर्ने प्रतिवद्धता सहित मत आफ्नो पक्षमा पार्ने अन्तिम प्रयास गरिरहेका छन् ।

यही मुद्दा लिएर सबै उम्मेदवारले चुनाव विशेष कार्यक्रम पनि गरिरहेका छन् । सभापति सहित प्रत्यक्ष तर्फ १० र समानुपाति तर्फ ९ गरी कूल १९ पदका लागि हुने निर्वाचनमा ४१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन अधिकृत नन्दकिशोर यादवले जानकारी दिए ।

चैत्र ५ गते हुने निर्वाचनका लागि समतिले शनिवार नमूना मतपत्र समेत सार्वजनिक गरेको छ । निर्वाचनलाई मर्यादित र शान्पिूर्ण बनाउन आवश्यक सम्पूर्ण तयारी पुरा भएको क्याम्पस प्रशासनले जनाएको छ ।

प्रकाशित मिति: २०८१ चैत्र ३, आईतवार ०९:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको