आईजीपी दीपक थापाको प्रतिज्ञा: सशक्त नेतृत्व र निष्पक्ष सेवा



काठमाडौं, चैत ५ । नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले सेवामा रहँदासम्म सशक्त रुपमा प्रस्तुत हुने बताएका छन् ।

गृह मन्त्रालयमा आज दर्ज्यानी चिह्न ग्रहण समारोहमा सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् ।

प्रहरी महानिरीक्षकको जिम्मेवारी पाउँदा गम्भिर जिम्मेवारीवोध भएको भन्दै उनले कसैप्रति पूर्वाग्रह नराखी निष्पक्षताका साथ सेवा गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रहरी संगठनलाई नागरिकमैत्री बनाउन सहयोग पाइराख्ने उनले विश्वास व्यक्त गरे ।

उनलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षक पदमा नियुक्त गरेको थियो ।

मंगलबार बिहान गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले थापालाई दर्ज्यानी चिह्न लगाइदिए । उनले आजै प्रहरी प्रधान कार्यालय नक्शाल गएर पदभार ग्रहण गर्नेछन् ।

प्रकाशित मिति: २०८१ चैत्र ५, मंगलवार १०:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको