संघीय शिक्षक फोरम अर्नामाको अध्यक्षमा राम उदगार



सिरहा, चैत ६ । संघीय शिक्षक फोरम अर्नामा गाउपालिकाको अध्यक्षमा राम उदगार यादव चयन भएका छन ।

अर्नामा गाँउपालिकाका अध्यक्ष एवं जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष अशोक यादवको विशेष उपस्थितिमा सम्पन्न गाँउ भेलाले यादवको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा विन्देश्वर यादव, महिला उपाध्यक्षमा रिनाकुमारी यादव, सचिवमा विरेन्द्र कुमार यादव, सहसचिवमा चन्देश्वर यादव र आनन्दकुमार यादव , कोषाध्यक्षमा हरिनारायण यादव चयन भएका छन ।

त्यस्तै सदस्यहरुमा दिनेश कुमार राउत, धनेश्वर यादव, मनोजकुमार यादव, रामजतन महतो, मुनिदेव यादव , रोहित कुमार यादव , पुष्पाकुमारी यादव र प्रमिलाकुमारी यादव चयन भएका छन ।

भेलाले जिल्ला अधिवेशन प्रतिनिधिमा धर्मेन्द्र कुमार यादव, संजय कुमार यादव र रामचरित्र यादव चयन भएको छ ।
भेलामा जसपा नेपाल केन्द्रिय सदस्य अशेश्वर यादव समेतको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति: २०८१ चैत्र ६, बुधबार २०:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको