कामनाद्वारा विद्यार्थीलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम



राजविराज, चैत ८ । सप्तरी सदरमुकाम राजविराज स्थित कामना सेवा विकास बैंकले साताव्यापी रुपमा मनाईने ‘ग्लोवल मनी विक’ को तेह्रौं संस्करण अन्तर्गत शुक्रवार कलेजका विद्यार्थीहरुलाई समेटेर वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।

स्थानिय क्षितिज एजुकेशन कलेजको ५५ जना विद्यार्थीको सहभागितामा बैंकद्वारा सो कार्यक्रमको आयेजना गरिएको हो ।
राष्ट्रबैंकको नीति र योजना अनुसार वित्तिय सचेतना अभिवृद्धिमा सहयोग पु¥याउने, विद्यार्थीलाई वित्तिय सेवा प्रदायक संस्थाका गतिविधिबारे जानकारी दिने र लगानीका क्षेत्रबारे सही जानकारी गराउने उद्देश्यका साथ यस्तो कार्यक्रमको आयोजना गरिएको शाखा प्रबन्धक सूर्यनारायण मुखियाले जानकारी दिए ।

‘ग्लोवल मनी विक’ मुलतः किशोर किशोरी तथा युवा युवतीमा वित्तिय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्य रहेको उनको भनाई छ ।

कार्यक्रममा शाखा प्रबन्धक मुखियाका साथै शाखाका समन्वय प्रबन्धक प्रशान्त भगत, रत्न यादव कलेजका संचालक सदस्य केशव झा, प्राध्यापक राजदेव यादव लगायतले वित्तिय शिक्षाको महत्व र वित्तिय सेवाका आधारभूत पक्षबारे विद्यार्थीहरुलाई ज्ञान बाँडेका थिए ।

अभियानको स्थायी नारा सिक, बचाउ, कमाउ र बचत गरों रहेको छ ।

प्रकाशित मिति: २०८१ चैत्र ८, शुक्रबार १८:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको