सप्तरी प्रहरीद्वारा दुई दिनमा ३८ क्विन्टल भन्दा बढी गाजा नष्ट



राजविराज, चैत ९ । सप्तरी प्रहरीले दुई महिना यता जिल्लाको विभिनन स्थानबाट ठूलो परिमाणमा बरामद गरेको लागुऔषध गाजा नष्ट गर्ने कार्यलाई दोश्रो दिन शनिबार पनि निरन्तरता दिएको छ ।
यसै क्रममा शनिबार १३ क्विन्टल ९६ केजी गाजा राजविराज १५ स्थित खाडो खोला किनारमा नष्ट गरिएको छ ।  उक्त गाजाहरु तस्करीका लागि गाडीमा राखेर लैजादै गरेको अवस्थामा प्रहरीले विभिन्न मितिमा सप्तरीको बोदेबरसाइन नगरपालिका र बलानबिहुल गाउँपालिका क्षेत्रबाट बरामद गरेको थियो ।
अघिल्लो दिन पनि प्रहरीले सोही स्थानमा २४ क्विन्टल गाजा जलाएर नष्ट गरेको थियो ।  बरामद गाजा ठूलो परिमाणमा रहेकाले जनस्वास्थ्यको ख्याल गरि मानव बस्तिबाट टाढा एकान्त स्थलमा पु¥याई जलाएर नष्ट गर्न थालिएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाको भनाई छ ।
दुई दिनमा प्रहरीले उक्त स्थानमा पु¥याई ३८ क्विन्टल १५ केजी गाजा जलाएर नष्ट गरिसकेको छ । जिल्ला प्रहरी कार्यालय र सप्तरी जिल्ला अदालतका प्रतिनिधी, स्थानीय जनप्रतिनिधि र संचारकर्मीको रोहबरमा उक्त गाजाहरु नष्ट गर्ने गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित मिति: २०८१ चैत्र ९, शनिबार १८:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको