राष्ट्रियसभाको बैठकको समय परिवर्तन



काठमाडौँ, चैत १७ । आज बिहान ११ः१५ बजे बस्नेगरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठकको समय परिवर्तन भएको छ ।

सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आजै अपरान्ह् १ः१५ बजे बस्नेगरी बैठकको समय तोक्नुभएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

बैठकको समय परिवर्तनसम्बन्धी सूचना निकालेर सचिवालयले राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकाले समय परिवर्तन गरिएको उल्लेख गरेको छ ।

प्रकाशित मिति: २०८१ चैत्र १७, आईतवार १४:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको