काठमाण्डौँ, चैत २० । राजावादी आन्दोलनको क्रममा तिनकुनेमा जलेर मृत्यु भएको पत्रकार सुरेश रजकको पोष्टमार्टम आज हुने भएको छ ।
उनको गोली लागि हत्या भएको भनि विभिन्न संचारमाध्यममा समाचार आएपछि चिकित्सकहरुले उनको पुरा शरीरको एक्सरे गरे पछि मात्र पोष्टमार्टम गर्ने अडान लिएको थियो ।
चिकित्सको अडान पछि मंगलवार अबेर राति उनको शरीरको एक्स(रे गरिएको छ ।
त्रिवि शिक्षण अस्पतालमा गरिएको एक्स(रेमा उनको शरीरमा गोली लागेको नभेटिएको प्रहरी अधिकृतहरूले बताएका छन । गत शुक्रबार तीनकुनेमा प्रदर्शनकारीले आगजनी गरेको घरमा उनी मृत भेटिएका थिए । प्रदर्शनको भिडियो खिच्न उनी सो घरमा गएका हुन् ।






